site stats
बाह्रखरी :: Baahrakhari
देश
रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका–४, सिंगहामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु* भएको छ । 

मृत्यु हुनेमा सोही वडास्थित सोइया बस्ने ३६ वर्षीय ईश्वर सोमै रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

लु ५ प २३२९ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटनामा परेको थियो ।

*'एकजनाको मृत्यु' हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्