site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये अझै पाँचजनाको अवस्था गम्भीर

काठमाडौं । उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये अझै पाँचजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालले जनाएको छ । उपचारका क्रममा यसअघि तीनजनाको मृत्यु भइसकेको छ ।

अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार आईसीयूमा उपचाररत पाँचजनाको अवस्था अझै जटिल रहेको छ । उनीहरूको शरीरको ४० प्रतिशत बढी भाग जलेको छ ।

Dabur Nepal
NIC Asia

अन्य घाइतेको अवस्था सुधारोन्मुख रहेको डा. राईले बताए । सबै घाइतेको पहिलो चरणको शल्यक्रिया गरिएको छ ।

गत मंगलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय टपन पण्डित मृत्यु भएको थियो । उनको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो । त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको छ । उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो । अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको छ । तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चारजना प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro