site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बलिउड अभिनेता रणवीरले यसरी गरे पाउ छोएर मेनुकाको तारिफ

काठमाडौं । गायिका मेनुका पौडेलको गायकीको बलिउड अभिनेता रणवीर कपुरले तारिफ गरेका छन् । इन्डियन आइडलको मञ्चमा अतिथिको रूपमा पुगेका रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको तारिफ गरेका हुन् । 
 
रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भन्दै उनीसँग आशीर्वाद लिन चाहेको बताएका छन् । रणवीरले मेनुकाको पाउ छोएर सम्मान गर्दै आशीर्वाद लिएको इन्डियन आइडलको भिडियोमा देखिएको छ । 

मेनुकाले रणवीरकै अघिल्लो चलचित्र ‘अगर तुम साथ हो’ गाउँदा रणवीर भावविह्वल भएर सुनिरहेको देखिन्छ । 

रणवीर आफ्नो चलचित्र ‘एनिमल’को प्रचारका अभिनेत्री रश्मिका मन्दानासँगै इण्डियन आइडलको मञ्चमा पुगेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro