काठमाडौं । हमासको नियन्त्रणमा रहेकामध्ये १३ जना बन्धक शुक्रबार रिहा हुने भएका छन् । उनीहरूलाई स्थानीय समयअनुसार अपराह्न ४ बजे रिहा गरिने कतारले जनाएको छ । कतारले इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
रिहाइ हुने बन्दीबारे कुनै जानकारी दिइएको छैन । तर, उनीहरू महिला र बालबालिका हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।
बन्धकलाई सुरक्षितरूपमा गन्तव्य देशमा पुर्याउन रेडक्रसलाई हस्तान्तरण गरिने छ ।
कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेबाट हुने छ ।
चारदिने युद्धविरामका क्रममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । अर्कोतर्फ इजरायलले १५० जना प्यालेस्टाइनीलाई रिहा गर्ने छ ।
बीबीसीबाट ।