site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आयोगको मूल्यांकन– युवा संघको प्रदर्शन शान्तिपूर्ण रह्यो, प्रसाईंकोमा झडपहरू भए

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा आयोजित प्रदर्शनको अनुगमन गरेको छ ।

बिहीबार एक विज्ञप्तिमार्फत आयोगले चारवटा टोलीले उपत्यकाको दिनभर अनुगमन गरेको जनाएको छ ।

अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको देखिएको आयोगको निष्कर्ष छ ।

Dabur Nepal
NIC Asia

NHRC-(3)-1700738855.jpg

आयोगले विज्ञप्तिमा भनेको छ, “बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूहबीच झडप तथा ढुंगा र इट्टा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालिमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ ।”

प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरूमा पठनपाठन अवरुद्ध रहेको र उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको आयोगले जनाएको छ । 

सर्वसाधारणले स्वतन्त्र र सुरक्षितरूपमा आवतजावत गर्न नपाएकाले यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ । 

आयोगको अनुगमन टोली रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पुगेर प्रहरीका उच्च पदस्थ अधिकारीहरूसँग सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशनसमेत दिएको थियो ।

NHRC-(1)-1700738856.jpg

आयोगले आगामी दिनमा समेत आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन र प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकार तथा प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro