site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा भइरहेको प्रदर्शनको अनुगमनमा मानवअधिकार आयोग 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौं उपत्यकामा भइरहेको दुई अलग विरोध प्रदर्शनको अनुगमन गरिरहेको छ । 

नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईं लगायतले बिहीबार उपत्यकामा विरोध प्रदर्शन सुरु गरेका छन् । 

युवा संघले विभिन्न स्थानबाट निकाल्ने र्‍याली कोटेश्वरमा पुगी  सभामा परिणत हुनेछ भने प्रसाईंले बल्खुमा सभाको आयोजना गर्दै छन् । दुवै समूहका र्‍याली विभिन्न स्थानबाट निस्कन सुरु भएको छ । 

“मंसिर ७ गते काठमाडौंमा भइरहेको प्रदर्शनमा राष्ट्रिय मानवअधिकार आयोगले मानव अधिकार अवस्था अनुगमन गरिरहेको छ,” आयोगले सामाजिक सञ्जालमार्फत भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro