site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री महत
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् ।

बुधबार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन् ।

उनले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन भन्ने प्रवृति गलत भएको बताए । बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरूलाई नीतिगत रूपमा राज्यले हेर्ने बताए ।

उनले बदमासी नगर्ने तथा व्यवसाय गर्दा गर्दै समस्या परेकाहरूको लागि राज्यले सहजीकरण गर्न तयार रहेको बताए । पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको उनको भनाइ छ । 

कोभिड महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताए । नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको विश्वास व्यक्त गरे ।

सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro