site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुर महानगरले किन्यो दुई वटा दमकल

काठमाडौं । ललितपुर महानगरपालिकाले दुईवटा अत्याधुनिक दमकल भित्राएको छ । 

महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको बुधबार महानगरका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे ।

महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताए । नयाँ दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पु¥याउन सकिने उनले बताए ।

पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने दमकलले धेरै नै ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।   

अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य पाँच करोड ६५ लाख रुपैयाँ रहेको महानगरले जनाएको छ ।

दमकलले १२० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro