site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षा निकायको रिपोर्ट : उपत्यकामा भित्रने नाकाहरूमा चुनौती, चेकजाँचमा कडाइ
तस्बिर : मोतिराम तिमिल्सिना ।

काठमाडौं । उपत्यकामा भित्रने नाकाहरूमा सुरक्षा चुनौती हुन सक्ने रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । सुरक्षा निकायको पटक–पटकको बैठकपछि ती नाकाहरूमा चुनौती हुन सक्ने गृह मन्त्रालयलाई जानकारी गराइएको हो ।

त्यसबारेमा मन्त्रालयमा समेत छलफल भएको एक अधिकारीले जानकारी दिए । ७ मंसिर गते (भोलि) मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उपत्यकामा लाखौँ मानिसले प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले पनि भोलि नै सरकारको विरोधमा काठमाडौंमा प्रदर्शन गर्ने जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रसाईं र युवा संघ समर्थकबीच मुठभेडको अवस्था आउन सक्ने सुरक्षा निकायको आकलन छ ।

सोही कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खु र युवा संघको कार्यक्रम तीनकुनेमा गर्न अनुमति दिएको छ । तर, दुवै समूहका समर्थकबीच उपत्यकामा भित्रिने नाकाहरूमा मुठभेड हुन सक्ने सुरक्षा निकायको आशंका छ ।

चारवटै सुरक्षा निकायको संयुक्त बैठकपछि उपत्यकामा भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागले भोलिको कार्यक्रममा उपत्यकामा भित्रिने नाकाहरूमा सबैभन्दा बढी सुरक्षा चुनौती हुन सक्ने रिपोर्ट बुझाएको गुप्तचर स्रोतको भनाइ छ ।

Naka-Check1-1700649461.jpg

सुरक्षा निकाय सबै तरिकाले तयारी अवस्थामा रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नाराणप्रसाद भट्टराईले बताए ।

“शान्तिपूर्ण रूपमा हुने कार्यक्रममा सुरक्षा निकाय सहयोगी नै बन्छ । तर, गैरकानुनी काम हुने गरी अवस्था सिर्जना भयो भने त्यो अवस्था बाहिर जान दिनु हुँदैन । त्यो अवस्थामा सुरक्षा निकायहरूले बल प्रयोग गर्छ,” उनले बाह्रखरीसित भने ।

आन्दोलनको अवस्थामा उपत्यकामा भित्रिने नाकाहरू नै सबैभन्दा बढी संवेदनशील हुने भट्टराईले उल्लेख गरे । सोहीअनुसार नाकाहरूमा सुरक्षाकर्मी परिचालन गरिएको उनले स्वीकार गरे ।

बुधबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट नाकाहरूमा कुकुरसहित चेकजाँचमा कडाइ गरिएको छ ।

सामान्य अवस्थामा दैनिक ४०० देखि ४५० को संख्यामा सवारीसाधनमार्फत मानिस काठमाडौं उपत्यकामा भित्रने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

पछिल्ला दुई/तीन दिनयता दैनिक ५०० देखि ६०० को संख्यामा सवारीसाधनमार्फत मानिस उपत्यकामा भित्रिरहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

“दैनिक ४०० देखि ४५० गाडी भित्रने गरेका थिए । दुई/तीन दिनयता दैनिक ५०० देखि ६०० गाडी भित्रिरहेका छन्,” उनले भने, “चाडपर्व मनाउन गएकाहरू फर्किएका हुन् वा अरू केही कारण हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro