site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से साढे २० अंकले बढ्यो, एक अर्ब आठ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक बुधबार २०.६७ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.१३ प्रतिशतले बढेर १८५०.३३ विन्दुमा बन्द भएको हो ।

यस दिन एक अर्ब आठ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँ ८० पैसाले बढेर ३१६ रुपैैयाँ ९० पैसा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ८.१५ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ४४० रुपैयाँ ९० पैसा कायम भएको छ ।

सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको १० करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Global Ime bank

२९४ धितोपत्रका ४२ लाख १३ हजार २८५ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्डबाहेक सबै समूहको परिसूचक बढेको छ । म्युचुअल फन्डको परिसूचक ०.०३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu