site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानवअधिकार आयोगले मंसिर ७ को प्रदर्शनको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ७ गते (भोलि) गरिने प्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।

Dabur Nepal
NIC Asia

अध्यक्ष मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताए । उनले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने उल्लेख गरे ।

“कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन गर्नु हुँदैन । त्योअनुसार हामी अघि बढ्नुपर्छ । अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौँ । हुन नदिनेतिर हामी लाग्छौँ । सम्बन्धित निकायलाई आह्वान गर्दछौँ । सम्बन्धित निकायलाई सक्रिय बनाउँछौँ,” उनले भने, “मानवअधिकार आयोगले गर्नुपर्ने मानवअधिकार संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन हामी गर्नेछौँ । जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगोलगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro