site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाइनान्सका सीईओले दिए राजीनामा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अवैध आर्थिक गतिविधि गरेको आरोप लागेका बाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चाङपेङ झाओले पदबाट राजीनामा दिएका छन् ।

केम्यान टापुमा दर्ता रहेको बाइनान्स विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज गर्ने प्लेटफर्म हो ।

“मैले गल्ती गरे र यसको जिम्मेवारी मैले लिनुपर्छ । यो नै हाम्रो समुदाय, बाइनान्स र मेरो लागि उपयुक्त कदम हो,” उनले एक्समा लेखेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अमेरिकी न्याय विभागले बाइनान्सले विश्वभर प्रतिबन्ध बाइपास गर्न मद्दत गरेको भन्दै ४.३ अर्ब अमेरिकी डलर जरिबाना तोकेको छ ।

बाइनान्सका माध्यमबाट अमेरिकी र इरानी प्रयोगकर्ता बीच ९० करोड अमेरिकी डलर बराबरको कारोबार भएको बताइएको छ ।

Royal Enfield Island Ad

यस्तै, बाइनान्सले सिरिया, रुसी क्राइमिया, डोनेट्स्क र लुहान्स्क लगायतका क्षेत्रमा अमेरिकी प्रयोगकर्ताबीच करोडौँको कारोबार सक्षम पारेको बताइएको छ ।

अमेरिकी न्याय विभागले यो कारोबारले आतंकवादीलाई पैसाको कारोबार गर्न सहज बनाएको बताएको छ । अर्बपति झाओ क्रिप्टोक्षेत्रका प्रभावकारी व्यक्ति हुन् ।

बाइनान्सका ग्लोबल क्षेत्रीय बजार प्रमुख रिचर्ड टेङलाई सीईओमा नियुक्त गरिएको उनले बताए । 

बाइनान्सका संस्थापक समेत रहेका चाङपेङ झाओले कम्पनी अब सानो नभएको भन्दै भविष्यमा यो विस्तार हुँदै जाने र अग्रगामी स्थान कायम राख्नेमा विश्वास व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro