site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन : प्रदीप ज्ञवाली
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन् ।

उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पुर्‍याउनुपर्ने पनि स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउन चाहेको बताए ।

Dabur Nepal
NIC Asia

उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धी नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता, पीडितको सहमति र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाइ गर्न नहुने पनि दोहोर्‍याए ।

"दण्डहिनता हुन्न । र, यो द्वन्द्व फेरि दोहोरिन्न भन्ने प्रत्याभूतिसहित यो विषयलाई टुंग्याउनु पर्छ । र, सबभन्दा ठूलो कुरा त पीडितले न्याय पायौं भन्ने अनुभूति हुनुपर्छ । यो संक्रमणकालीन न्याय चाहिएको पीडितलाई हो ।  चाहिएको संक्रमणकालिन न्याय भनेको तपाईंहरूलाई हो । ती बेपत्ताका परिवारलाई चाहिएको हो, जसले हरेक साँझ बाहिर आफन्त आयोकि भनेर चियाएर हेर्नुपर्नै अवस्था छ । र, निराश भएर फर्कनुपर्छ, उनले भने, उहाँहरूलाई चाहिएको हो । न सास छ, न लास छ । मृत्यु भएकाहरूका परिवारलाई संक्रमणकालीन न्याय चाहिएको हो । त्यसकारण उहाँहरूको पीडालाई ध्यानमा राखेर यो विषयलाई टुंग्याउनु जरुरी छ । यसमा हामी एकदमै लागि रहेका छौँ । हाम्रो पार्टीको पूर्ण प्रतिवद्धता छ । यो विषयमा नेकपा एमालेको कुनै राजनीतिक स्वार्थ पनि छैन । यसमा कुनै सर्त पनि छैन । संक्रमणकालीन न्याय टुंगियोस्, तपाईंहरूको आँखामा रहेको आँशु पुछियोस् ।

उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदा दण्डहिनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभूति हुनुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro