site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज (मंगलबार) यमनविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ४–० को हार बेहोरेको थियो । छनोटको आगामी चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न नेपाललाई आज जितको आवश्यकता छ ।

Dabur Nepal
NIC Asia

खेलको पूर्वसन्ध्यामा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले पनि यमनविरुद्ध जित्नका लागि खेल्ने बताएका थिए ।

“यमनसँग नेपालको यसअघिका खेलको नतिजा राम्रो छैन । सन् २०१७ मा गोलरहित बराबरी खेल्नुबाहेक नेपालले सबै खेलमा हार बेहोरेको छ । यसपटक हामी जित्न चाहन्छौँ । हामी उच्चस्तरको प्रदर्शन गर्न चाहन्छौँ । किनकि हामी निकै बलियो टिमसँग खेल्न जाँदैछौँ । जोसँग निकै अनुभवी प्रशिक्षकको साथ छ,” उनले भने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल राति ७ बजेदेखि सुरु हुनेछ । खेल राति अबेरसम्म हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थकलाई घर फर्किन विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरेको छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यस समूहमा नेपालसँगै यमन, युनाइटेड अरब इमिरेट्स (यूएई) र बहराइन छन् । यसअघि पहिलो खेलमा नेपाल यूएईसँग उसैको मैदानमा ४–० ले पराजित भएको थियो ।

नेपालले यसअघि छनोटको पहिलो चरणमा लाओसविरुद्ध समग्रमा २–१ को जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro