site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्रबारे छलफल : छिटो, छरितो रूपमा समस्या समाधान गर्न जोड
फाइल तस्बिर ।

काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रूपमा समाधान गर्नेबारेमा छलफल गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मा लगायतका सम्बन्धित पदाधिकारीहरूसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो ।

Dabur Nepal
NIC Asia

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो र छरितो रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताए । उनले अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि सुझाव लिन मंगलबार सिंहदरबारमा पुनः बैठक बस्ने पनि बताए ।

बैठकमा आफूले आन्तरिक संरचनाका उपलब्धि, चुनौती र कार्यदिशा प्रस्तुत गरेको बताए ।

अर्थतन्त्रका बारेमा प्रधानमन्त्री र गभर्नरले पनि आफ्ना धारणा राखेका थिए । मंगलबारको बैठकमा निजी क्षेत्रसँग पनि छलफल हुने बताइएको छ । उनले देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदे गएको बताए ।

अर्थमन्त्रीले भने, "अर्थतन्त्रको समस्या जुन छन् ती समस्यालाई पनि कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भयो । कसरी छिटो र छरितो रूपमा समाधान गर्न सकिन्छ, त्यसबारेमा पनि आन्तरिक रूपमा छलफल गर्‍यौँ । साथै समग्र अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि अरु के सुझाव, सल्लाह लिन सकिन्छ त्यो पनि गरौँ भनेर भोलि २ बजे प्रधानमन्त्री कार्यालयमा बैठक राखिएको छ । त्यसमा निजी क्षेत्र र विज्ञहरुको सुझाव लिने भन्नेबारेमा छलफल हुनेछ । आज आन्तरिक संरचनामा के उपलब्धि भयो, के चुनौती र कार्यदिशा करीब अघि बढीरहेको छ भन्नेबारेमा मैले आफ्नो कार्यदिशा प्रस्तुत गरेँ ।"

अर्थमन्त्री महतले अर्थतन्त्र छिटोभन्दा छिटो चलायमान बनाएर देशमा थप रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro