site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओपनएआईले हटाएका साम अल्टम्यान माइक्रोसफ्टमा

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा काम गरिरहेको ओपनएआईका पूर्वसीईओ साम अल्टम्यान र सहसंस्थापक ग्रेग ब्रोकम्यानलाई माइक्रोसफ्टले हायर (नियुक्त) गर्ने भएको छ ।

गत शुक्रबार अल्टम्यानलाई बोर्डले ओपनएआईबाट बर्खास्त गरेको थियो । ओपनएआईको नेतृत्व जारी राख्ने उनको क्षमतामा विश्वास नभएको भन्दै बोर्डले उनलाई हटाएको थियो ।

Dabur Nepal
NIC Asia

हटाइएपछि पनि अल्टम्यान ओपनएआईमा फर्किन सक्ने हल्ला चलेको थियो ।

यसबीच सोमबार माइक्रोसफ्टका सीईओ सत्य नडेलाले साम अल्टम्यान र ग्रेग ब्रोकम्यान माइक्रोसफ्टको एडभान्स एआई अनुसन्धान टोलीको नेतृत्वमा सामेल हुने घोषणा गरेका हुन् ।

माइक्रोसफ्टका सीईओ नडेलाले दुवैजना चाँडै टिममा सहभागी हुने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा अल्टम्यानले नडेलाको पोस्ट रिपोस्ट गर्दै आफू माइक्रोसफ्टमा सामेल भइरहेको पुष्टि गरे । उनले योजना निरन्तर जारी रहेको भनेर टिप्पणी गरेका छन् ।

ओपनएआई बोर्डसँगको वार्ताले अल्टम्यानलाई सीईओको रूपमा फिर्ता ल्याउन असफल भएको केही घण्टापछि माइक्रोसफ्टले उनलाई हायर गर्ने घोषणा गरेको हो ।

अहिले ट्विचका पूर्वसीईओ एवं सहसंस्थापक एम्मेट सियर ओपनएआईको अन्तरिम सीईओ बनेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro