site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक क्षेत्रका समस्या समाधानका लागि कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले आर्थिक क्षेत्रका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सरकारलाई सहकारीका बचतकर्ताहरुको बचन नै गायव हुने अवस्था र बैकबाट ऋण लिएर सरकारको नीति वा व्यापार व्यवसायका कारण ती समस्या भएको एकीन गरी समस्या समाधानको प्रयास थाल्न ध्यानाकर्षण गराएका हो ।

बैठकमा कांग्रेसको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले सूचक सकारात्मक भए पनि अर्थतन्त्र पर्याप्त चलायमान हुन नसकेको भन्दै त्यसका लागि सबै क्षेत्रबाट पहल आवश्यक भएको बताएका थिए । उनको ब्रिफिङपछि पदाधिकारी बैठकले आवश्यक पहलका लागि ध्यानाकर्षण गराएको हो ।

“नेपालमा अर्थतन्त्रमा आएको संकुचनका कारण देखिएको नैराश्यताका विषयमा अर्थमन्त्रीसँग ब्रिफिङ लिइयो । अर्थमन्त्रीले अर्थतन्त्रको अवस्थाका बारेमा ब्रिफिङ गर्नुभयो । पार्टीले प्रधानमन्त्रीसँग छलफल गरी आर्थिक क्षेत्रका पीडितहरुका समस्या सम्बोधनका लागि पहल थाल्न अर्थमन्त्रीसहित सरकारलाई सुझाव दिने निर्णय गरेको छ,” प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, “सहकारीमा पैसा जम्मा गर्ने बचतकर्चाहरुको समस्या, बैंकबाट ऋण लिएका तर विभिन्न कारणले ऋण तिर्न समस्या परिरहेकाहरुका समस्या सम्बोधनका लागि कदम चाल्न आग्रह गर्ने निर्णय भएको छ ।”

उनले बैकका ऋणीहरुलाई सरकारको नीतिका कारण समस्यामा परेको हो वा उनीहरुको व्यापार व्यवसायमा आएको समस्याले हो, त्यसको कारण पत्ता लगाएर उपयुक्त र प्रभावकारी निर्णयका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

“आजै प्रधानमन्त्रीले अर्थमन्त्रीसहितको बैठक बोलाएकाले त्यसमा छलफल गर्ने अर्थमन्त्रीले बताउनुभएको छ,” विश्वकर्माले भने, “त्यसबाट उपयुक्त नीति आउने अवस्था नआएमा सरकारलाई अघि बढ्न कांग्रेसले उपयुक्त बाटोमा जानका लागि थप सुझावहरु दिनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro