site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इलाम बस दुर्घटना : मृतकको संख्या तीन पुग्यो

झापा । इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएकी धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीकी ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

दुर्घटनामा आइतबार साँझ धनुषाधाम–९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । बस दुर्घटनामा मृत्यु हुनेका संख्या तीन पुगेको उनले बताए ।

धनुषाबाट कन्याम घुम्न आएको ना६ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । घाइतेमध्ये तीनजनाको मत्यु भइसकेको छ । अरू घाइतेको हाल बीएन्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अरू दुईजनाको अवस्था पनि चिन्ताजनक छ । उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बसका चालक धनुषाकै जनकपुरधाम उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro