साहित्य
काठमाडौं । लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सावित्री केशर कथा सम्मान र बाटुली खिलध्वज लघुकथा सम्मानको घोषणा गरेको छ ।
समाजको आइतबार बसेको बैठकबाट ‘सावित्री–केशर कथा सम्मान—२०८०’ कथाकार विजय चालिसेलाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०८०’ कथा तथा लघुकथा दुवै विधामा कलम चलाउने सर्जक मञ्जु काँचुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
साहित्यकार हरि थापा, भैरवी थापा, राजन पण्डितलगायत व्यक्तिद्वारा यी सम्मानको स्थापना गरिएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० ०९:४५
प्रतिक्रिया दिनुहोस्