site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प क्षेत्रमा महामारी फैलिए परिणाम भयावह हुनेछ : डा. केसी
फाइल तस्बिर ।

काठमाडौं । चिकिसा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले जाजरकोट भूकम्पग्रस्त क्षेत्रमा महामारीजन्य रोग फैलन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले सो क्षेत्रमा झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलन नदिन सरकारबाट ठोस कदम नचालिएको बताएका छन् ।

“झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलिनबाट रोकथामका लागि ठोस कदम चालेको पाइँदैन । फैलिएको खण्डमा दशकौँदेखि राज्य नेतृत्व पक्षको हेलचक्र्याइँ र गैरजिम्मेवारपनका कारण भ्रूण अवस्थामै राखिएका स्थानीय स्वास्थ्य संस्थाहरू जो भूकम्पबाट सामान्य घाइतेहरूको उपयुक्त उपचार गर्ने क्षमताका छैनन्, महामारी ‘कोप’ गर्न सक्ने छैनन् । परिणाम भयावह हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।

ग्रामीण भेगमा ठूला अस्पतालको अभाव र क्षमताहीन साना स्वास्थ्य केन्द्रहरूका कारण ०७२ सालको भूकम्प र कोरोना महामारीका बेला धेरैले ज्यान गुमाउनुपरेको तथ्यबाट सरकारले अझै पाठ नसिकेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro