site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
टिकटक प्रतिबन्धले तनावमा 'स्टार' प्रयोगकर्ता
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले टिकटक प्रयोगमा प्रतिबन्ध लगाएपछि 'स्टार' प्रयोगकर्ताहरूलाई तनाव भएको छ । उनीहरूले विभिन्न माध्यमबाट सरकारको निर्णयलाई लिएर आक्रोश पोखिरहेका छन् । आफूहरूले टिकटकलाई सामाजिक सचेतना फैलाउने माध्यमको रूपमा प्रयोग गरेको तर सरकारले हचुवाको भरमा प्रतिबन्ध लगाएको उनीहरूको गुनासो छ ।

टिकटक प्रयोगकर्ता मनोज केसी आफ्ना कर्तुत पर्दाफास हुने डरले सरकारले टिकटकमा प्रतिबन्ध लगाएको बताउँछन् । “सरकारले आफ्नो कर्तुत पर्दाफास हुने देखेपछि नागरिकको मुखमा ताल्चा लगाउन बन्द गरेको मेरो बुझाइ छ,” मनोज भन्छन् ।

सरकारले आलोचना सहन नसकेर टिकटकमा प्रतिबन्ध लगाइएको बुझाइ उनको छ । “पहिले नागरिकले आफ्ना प्रतिक्रिया व्यक्त गर्ने माध्यम कम थिए, अहिले धेरै छन् । सरकारले गरेका एकएक गलत कामको आलोचना हुन्छ, खबरदारी गर्छन् । यही गलत कदमको विरोध हुन्छ, यही विरोध सहन नसकेर सरकारले टिकटकजस्तो प्रभावकारी माध्यमलाई प्रतिबन्ध लगाएको हो,” मनोज थप प्रष्ट पार्छन् । 

Agni Group

सरकारले नागरिकस्तरमा गर्न नसकेका कामविरुद्ध टिकटक प्रयोगकर्ता शक्तिको रूपमा बाहिर आएको र त्यही शक्तिमार्फत आफ्नो छवि गिर्ने डरले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको उनको तर्क छ । 

मनोज सामाजिक विकृति ल्याउने सामग्रीलाई टिकटकले नै राख्न नदिने र नियमन नै आवश्यक परे पनि पर्याप्त विकल्प रहेको अवस्थामा सरकारले अनावश्यक टाउको दुखाएको बताउँछन् । टिकटकमाथिको प्रतिबन्ध लामो समयसम्म नटिक्ने उनको अनुमान छ ।

Global Ime bank

अर्की प्रयोगकर्ता आभा थापालाई पनि टिकटकमाथिको प्रतिबन्ध दीर्घकालीन हुनेमा शंका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णय भएका कारण हाललाई मान्नैपर्ने भए पनि यसको प्रयोग नै बन्द गर्नु दीर्घकालीन समाधान नभएको उनी बताउँछिन् ।

“सरकारले कन्टेटलाई आधार बनाएर टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको छ । यो समाधान हो जस्तो मलाई लाग्दैन । किनकि त्यस्ता सामग्री त फेसबुक र अन्य सामाजिक सञ्जालहरूमा पनि आइरहेकै हुन्छन् । बन्दै गर्नुको साटो नियमन गर्नु आवश्यक देखिन्छ,” आभा भन्छिन् ।

प्रतिभा र खुबी बोकेका व्यक्तिहरूलाई टिकटक बन्द हुँदा 'बाटो नै बन्द हुन्छ' भन्ने बुझाइ पनि गलत भएको उनी बताउँछिन् । “एउटा लेभलमा पुगिसकेका व्यक्तिले जुनसुकै माध्यमबाट आफ्ना प्रतिभा र क्षमता बाहिर ल्याइहाल्छन् । बरु कन्टेन्टमाथि नै सरकारको आपत्ति हो भने यसलाई कुनै गाइडलाइन बनाएर चलाउन र त्यसलाई नमान्नेलाई कारबाही गर्न सकिन्छ । तर, बन्द गर्नु दीर्घकालीन समाधान होइन । सरकारको यो निर्णय केही अवधिका लागि मात्रै हो भन्ने मलाई लाग्छ,” आभा थप्छिन् ।

अर्का प्रयोगकर्ता सुरज अधिकारीको तर्क पनि फरक छैन । प्रविधिको विकाससँगै चुनौती पनि देखिने भएकाले सरकारले पर्याप्त मात्रामा गृहकार्य गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने उनको सुझाव छ ।

“समस्या कहाँ छैन ? हरेक प्रविधिको विकाससँगै समस्या जन्मिएको छ । तर, सरकारले त्यसको सही र सबैलाई सहज हुने गरी समाधान खोज्ने हो । त्यो भनेको बन्द गर्नु होइन,” सुरज भन्छन् ।

उसो त उनी टिकटकमा आउने सामग्री सबै मनोरञ्जनात्मक र जानकारीमूलक नभएको स्वीकार्छन् ।

“कस्ताकस्ता सामग्रीलाई सार्वजनिक गर्न नमिल्ने हो, त्यसमा सरकारले कडाइ गर्न सक्छ, गर्नुपर्छ । तर, प्रतिबन्ध लगाइएकोमा मेरो आपत्ति छ । सरकारको यो निर्णय गलत भयो,” उनी भन्छन् ।

सरकारले कार्तिक २७ गते मन्त्रिपरिषद्को बैठकबाट टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले टिकटकबाट सामाजिक सद्‌भाव खलबलिएको, पारिवारिक संरचना नै बिग्रिएको तथा छाडापन बढेको कारण देखाएर प्रतिबन्धको निर्णय गरेको थियो ।

सरकारी निर्णयको आलोचना भइरहेको छ । यद्यपि केही समर्थक पनि छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu