site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचजनाको शल्यक्रिया हुँदै, ९ आईसीयूमा  

काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया हुँदै छ । 

घटनाका घाइतेमध्ये कम सिकिस्त अवस्थामा रहेका पाँचजनाको शल्यक्रिया गर्न लागिएको अस्पताल निर्देशक डा. शंकरमान राईले बताए ।

“घाइतेमध्ये शल्यक्रिया गर्न मिल्ने पाँचजनाको आज शल्यक्रिया गर्दै छौँ, आईसीयूमा राखिएका ९ जनाको उपचार धेरै लम्बिनसक्छ,” डा. राईले बाह्रखरीसित भने । 

आज शल्यक्रिया गर्नेहरूलाई भने केही दिनपछि डिस्चार्ज गर्न सकिने उनले बताए । 

कीर्तिपुर अस्पतालमा उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर 

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो ।

सो घटनाका घाइते २५ मध्ये आठजनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । 

अन्यको भने प्लाष्टिक सर्जरी तथा जनरल वार्डमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताए । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ । 

यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण गर्न कठिन हुने विशेषज्ञहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro