site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

कास्की । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्न समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

उक्त राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो ।

Dabur Nepal
NIC Asia

मध्यपहाडी राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवादका कारण लामो समयदेखि काम सुरु हुन सकेको छैन । पछिल्लो समय पोखराको बाटुलेचौर, अर्मला मौजा हुँदै मादी गाउँपालिका जोड्ने गरी भएको रेखाङ्कनपछि निर्माणको बोलपत्र आह्वान भएको थियो । लामाचौर र बाटुलेचौरका  स्थानीयको आन्दोलनका कारण त्यसयता काम अघि बढ्न सकेको छैन । 

विवादित क्षेत्रका स्थानीयले शैक्षिक, धार्मिक, सामाजिक तथा पर्यटकीय महत्वका स्थानको अस्तित्व मेटिने गरी लोकमार्ग बन्न लागेकामा विरोध गर्दै आन्दोलन गरिरहेका छन् । लोकमार्गको पछिल्लो रेखाङ्कन वातावरणीय प्रभाव मूल्याङ्कनका हिसाबले उपयुक्त नभएको स्थानीयको दाबी छ । 

समस्या समाधान गर्न गठित समितिको सल्लाहकारमा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई रहेकी छन् भने समितिका अन्य सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा महानगरपालिका–१६ र १९ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना र पुष्पेन्द्र पाण्डे, पूर्वअध्यक्ष जीवनप्रसाद आचार्य र शोभामोहन पौडेल, सङ्घर्ष समितिका तर्फबाट गोविन्द बस्नेत, सन्दीप थापा र खेमलाल अधिकारी छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro