site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावित जिल्लाहरूको अनुगमनपछि आयोगले भन्यो– राहत वितरण प्रभावकारी बनाऊ

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भूकम्प प्रभावित जिल्लाहरूको अनुगमन गर्दै राहत वितरण कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । 

“भूकम्पबाट घरबास गुमाएका पीडितहरूको लागि खाद्यान्नको व्यवस्था, चिसो मौसमबाट सुरक्षित रहन आवास र न्यानो कपडाको पर्याप्त व्यवस्था हुन, विपद्पश्चात सामूहिक बसाइको अवस्थामा पानी, शौचालय, सरसफाई लगायतका अभावका कारण हुन सक्ने विभिन्न किसिमका सरुवा रोग र महामारीको जोखिमबाट सुरक्षित राख्न आवश्यक पहल हुन, राहत कार्य छरितो र समयमै वितरणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन आयोग आग्रह गर्दछ,” आयोगले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ । 

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले ठूलो जनधनको क्षति गरेपछि आयोगको टोली प्रभावित क्षेत्रको अनुगमनमा गएको थियो । 

Dabur Nepal
NIC Asia

भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला लगायतका जिल्लाहरूमा भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे आयोगका सदस्यहरू मिहीर ठाकुर र लिली थापा नेतृत्वको टोलीले अनुगमन गरेको थियो । 

“उद्धार, राहत कार्यमा तीनै तहका सरकार, राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाजलगायत सबै पक्षबाट भइरहेको क्रियाशीलता एवम् घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिएको जस्ता पक्षलाई आयोगले सकारात्मक रूपमा लिएको छ,” आयोगले विज्ञप्तिमा भनेको छ । 

भूकम्पका कारण जाजरकोटमा १०१ जनाको ज्यान गएको, पूर्ण र आंशिक गरी ३४ हजार ५०१ घर क्षति भएको आयोगले जनाएको छ ।

यस्तै, रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको तथा पूर्ण र आंशिक गरी २६ हजार ५३१ घर क्षति भएको अनुगमनको क्रममा पाइएको छ । 

“राहत सामग्रीहरू उल्लेख्य मात्रामा संकलन भएको तर, जिल्ला विपद् व्यवस्थापन समितिमा सवारी साधनको अभाव र ढुवानीका लागि रकम अभावका कारण सम्बन्धित वडा कार्यालयमा पठाइ वितरण गर्ने क्रममा ढिलाइ भइरहेको देखिएको छ,” आयोगले भनेको छ । 

रुकुमको आठबीसकोट नगरपालिका–१४ स्थित छेपारे गाउँमा राहत स्वरुप वितरण गरिएका त्रिपालहरूबाट शीत चुहिने गरेको अनुगमनका क्रममा देखिएको आयोगको भनाइ छ ।

ओछ्याइएका मेट्रेसहरू पातलो भइ तलबाट चिसो आउने भएका कारण सुत्केरी महिला, बालबालिकाहरू र ज्येष्ठ नागरिकहरू बढी प्रभावित भएको आयोगले जनाएको छ ।

चिसो बढ्दै गइरहेको अवस्थामा न्यानो कपडाको अपर्याप्तता र त्रिपालको बसाइका कारण सुत्केरी, बालबालिका बिरामी र ज्येष्ठ नागरिकहरूमा समस्या देखिएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“भूकम्प प्रभावित क्षेत्रका अधिकांश विद्यालय भवनहरू क्षतिग्रस्त हुँदा विद्यालय बन्द भएको छ भने भूकम्पमा परेका महिला र बालबालिकामा डर र त्रासको अवस्था रहेको, शौचालयको अभावका कारण महिनावारी भएका महिला र बालिकाहरूले थप समस्या भोग्नु परिरहेको लगायतका तथ्यहरू अनुगमनबाट पाइएको छ,” विज्ञप्तिमा लेखिएको छ । 

भूकम्प प्रभावितहरू सामूहिक रूपमा बसिरहेकाले शौचालय व्यवस्थापन र सरसफाइमा समस्या देखिँदा सरुवा रोग वा अन्य महामारी लगायतका प्रकोप बढ्नसक्ने जोखिम रहेको आयोगले औंल्याएको छ ।

“राहत वितरणमा जिल्लास्थित संघीय सरकार अन्तर्गतका कार्यालयहरू, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश सरकार र स्थानीय तहहरूबीचको समन्वयमा अभाव देखिएको अनुगमनको क्रममा पाइएको छ,” आयोगले स्पष्ट शब्दमा भनेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro