site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकको दराजसँग इएमआई अभियान

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिनाशुल्क इएमआई अभियान सुरु गरेको छ । बैंकले दराजसँगको साझेदारीमा यो अभियान सुरू गरेको हो ।

साझेदारीसँगै नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्कबिना इएमआईमा रूपान्तरण गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

नबिल बैंकले यस सहकार्यमार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ । ग्राहकहरूले कुनै अतिरिक्त शुल्कबिना नै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् ।

ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा सामान खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्ने बैंकको भनाइ छ । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ ।

यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतिरिक्त लागत बिनाकिस्ता सुविधा पाउने छन् । तत्कालका लागि पाँच हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको बताइएको छ ।

साथै, बैंकले दराजको ११ः११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ ।  ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा सामान खरिदमा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro