site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भूकम्पपीडितलाई एभरेष्ट बैंकको २५ लाख आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पपीडितलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको  भुकम्पबाट प्रभावितहरूका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

Dabur Nepal
NIC Asia

उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा सहयोग पुग्ने र आगामी दिनमा यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ ।

हाल एभरेष्ट बैंकले १२७ शाखा संजाल, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १६३ एटीएममार्फत सेवा दिँदै आएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro