site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालको अर्थतन्त्र लयमा ल्याउन बैंकिङ क्षेत्रको अतुलनीय योगदान छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एन्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताए ।

सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट असर, कोभिड–१९, रुस–युक्रेन युद्धजस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्थिर रहेको बताए ।

Dabur Nepal
NIC Asia

कोभिड–१९ महामारीले बैंकिङ क्षेत्रलगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गरे । उनले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहकार्यमा कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको बताए ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र संकटबाट बचाउन सकिएको उनले बताए । बैंकिङ प्रणालीले सबै संकटहरु समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको उनले बताए ।

नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको भन्दै उनले यतिबेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौती देखिएको बताए । पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकले महँगीको सामना गरेको भन्दै उनले बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro