अर्थ व्यवसाय
काठमाडौं । गोर्खा ब्रुअरीले जाजरकोट भूकम्पका पीडितको पुनर्स्थापनाका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरणपछि प्रधानमन्त्रीले चुनौतीपूर्ण समयमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को समयमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
गोर्खा ब्रुअरीले यसअघि पनि देशमा आएका प्राकृतिक विपत्तिमा उल्लेख्य सहयोग गर्दै आएको बताएको छ । कम्पनीले कोभिड–१९ को महामारीका बेला र २०७२ सालको भूकम्पपछि पनि सबैभन्दा ठूलो सहयोग गर्ने कर्पाेरेट आफू भएको दाबी गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्