site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोना १५ वर्षपछि सख्तरसँग पराजित 

काठमाडौं । बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा १५ वर्षपछि टर्कीस् क्लब सख्तर डोनेस्कसँग हार बेहोरेको छ । 

मंगलबार भएको खेलमा जाभी हर्नान्डेजको टिम सख्तरसँग १–० ले पराजित भएको हो । सख्तरले बार्सिलोनालाई सन् २००८ पछि हराएको हो ।

सख्तरको जितमा डेनीलो सिकानले ४०औँ मिनेटमा गोल गरेको गोल निर्णायक बन्यो । जितसँगै समूह 'एच' मा चार खेलबाट ६ अंक जोडेको सख्तर तालिकाको चौथो स्थानमा छ ।

यो हारले बार्सिलोना भने दुई खेलअघि नै अन्तिम १६ मा स्थान बनाउन चुकेको छ । तालिकाको शीर्ष स्थानमा यथावत् बार्सिलोनाले चार खेलबाट नौ अंक जोडेको छ ।

Global Ime bank

मंगलबार राति नै भएको समूहको अर्को खेलमा पोर्टोले रोयल एन्टवार्पलाई २–० ले हराएको छ । पोर्टोको जितमा डि लिमा बार्बोसा र पेपेले गोल गरेका थिए ।

जितपछि पोर्टो समूहमा चार खेलबाट नौ अंकसहित दोस्रो स्थानमा छ । चार खेल खेल्दा पनि अंकविहीन रोयल तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu