site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सम्हालिँदै सेयर बजार, कारोबार रकममा सुधार

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार गएको कारोबार दिन सोमबारदेखि उकालो लाग्न थालेको छ । सोमबार २१ अंक बढेर बन्द भएको नेप्से परिसूचकले आज पनि आफ्नो उकालो यात्रालाई निरन्तरता दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज (मंगलबार) नेप्से ११.२२ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ०.६० प्रतिशतले बढेर १८५८.७६ विन्दुमा बन्द भएको छ ।

यस दिन ९९ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार भने ९३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार हो ।

सर्वाधिक सेयर मूल्य वृद्धि लक्ष्मी लघुवित्त वित्तीय  संस्थाको भएको छ  । यो कम्पनीको सेयर मूल्य ८.१६ प्रतिशतले बढेर प्रतिकित्ता ६८९ रूपैयाँ कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य घट्नेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता ९५५ रुपैयाँ कायम भएको छ ।

हिमालयन बैंकको प्रमोटर सेयर सात लाख ४५ हजार ४६० कित्ता ९ करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ ।

निर्जीवन बिमा समूहको परिसूचक घटेकोे छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । निर्जीवन बिमा समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि लगानी समूहको १.५१ प्रतिशत भएको छ ।

यसदिन २८५ धितोपत्रको ४३ लाख ३१ हजार २२९ कित्ता खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro