site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् भवनको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद् भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । 

मंगलबार सहरी विकास मन्त्रालयले संसद् भवनभित्र प्रयोग गरिने प्रविधिहरूको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसद्को मुख्य दुईवटा भवनहरू दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।  

Dabur Nepal
NIC Asia

संसद्को आगामी अधिवेशन नयाँ संसद् भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरू दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरेका हुन् । 

"सबै भवनहरूको निर्माण सम्पन्न नभएपनि दुईवटा बैठक कक्षको भने प्राविधिक रूपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध छ," सभामुख घिमिरेले भने ।

त्यसैगरी संसद् भवनमा जडान गरिने प्रविधिहरूको बारेमा प्राविधिकहरूले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताए । भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरूको बारेमा प्राविधिकहरूले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro