राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्न बैठक बोलाइएको हो ।
गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि प्रधानमन्त्रीले सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० ०९:१०
प्रतिक्रिया दिनुहोस्