अर्थ व्यवसाय
काठमाडौं । कुमारी बैंकले तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको छ ।
यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासव्याक दिने जनाएको छ ।
क्यासव्याक रकम क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबार प्रदान गरिने बैंकले जनाएको छ ।
यस अफर आगामी कार्तिक २६ देखि मंसिर ३ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १९:११
प्रतिक्रिया दिनुहोस्