site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटकमार्फत चरित्र हत्या गरिएको भन्दै दैनिक ५० भन्दा बढी उजुरी

काठमाडौं । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै सामाजिक सञ्जालको नियमन आवश्यक रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सामाजिक सञ्जाल व्यक्तिगत जीवनको अभिन्न अंगजस्तै भए पनि सामाजिक सञ्जालमा सम्प्रेषण हुने गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्छ । कतिपय कुराले व्यक्तिको चरित्र हत्या हुन पुगेको छ ।”

नकारात्मक र सामाजिक सद्भाव बिगार्ने सामग्री पोस्ट गर्नेमाथि कारबाही आवश्यक हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जालमध्ये टिकटकमाथि अझै नियमन आवश्यक रहेको गृहको भनाइ छ । टिकटकमार्फत विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक र सद्भाव बिगार्ने खालका गतिविधि बढेको भन्दै त्यस्ता सामग्री हटाउने र पोस्ट गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने गृहको तयारी छ ।

त्यसका निम्ति नेपाल प्रहरीको साइबर ब्युरो र टिकटकको कार्यालय सिंगापुरका प्रतिनिधिसँग छलफल समेत गरिएको छ । साइबर ब्युरोका एसपी पशुपतिकुमार रायले पछिल्लो समय सामाजिक सञ्जालका अरू माध्यमभन्दा टिकटकमार्फत आपराधिक गतिविधि बढेको बताए ।

“टिकटकका प्रतिनिधिसँग अहिलेलाई हाम्रो छलफल सकारात्मक भएको छ,” एसपी रायले भने, “अब नियमन गर्न केही सहज होला ।”

पछिल्लो समय टिकटकमार्फत चरित्र हत्यादेखि विभिन्न आरोपमा दैनिक ५० भन्दा बढी उजुरी पर्न थालेपछि प्रहरी गम्भीर भएको उनले बताए ।

पछिल्लो समय टिकटकमार्फत अश्लील खालका भिडियो समेत सम्प्रेषण गर्न थालेको देखिन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro