site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मिडफिल्डर ओमप्रकाश धनगढी एफसीमा अनुबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका निम्ति युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्ध गरेको छ ।

‘गो ड्रिमर्स’को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले प्लानिङ ब्वाइजलाई यो वर्ष ‘सी’बाट ‘बी’ डिभिजनमा उकाल्न महत्त्वपूर्ण भूमिका खेलेका ओमप्रकाशलाई भित्र्याएको हो ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबबाट मोफसलका प्रतियोगिता खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ओमप्रकाशले स्थानीय खेलाडीका रूपमा आफ्नै सहरको टिमसँग अनुबन्ध हुन पाउँदा खुसी व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुसी छु । पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु । यसपटक टोलीमा पाएका मौकाहरूको पूर्ण सदुपयोग गर्दै टोलीलाई एक स्थान माथि पुर्‍याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,” उनले भने ।

धनगढी एफसीका अध्यक्ष शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै टोली थप मजबुद बन्ने विश्वास व्यक्त गरे ।

Global Ime bank

“धनगढी एफसीमा यस सिजन युवा प्रतिभावान् मिडफिल्डर ओमप्रकाश चौधरीलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौँ । ठूला प्रतियोगिताहरूमा युवाहरूले एक्सोजर पाउनु आवश्यक ठान्दै र उहाँको प्रतिभाको कदर गर्दै हामीले उहाँलाई भित्र्याएका हौँ,” शाहीले भने ।

धनगढी एफसीले यसअघि युरोपियन लिग खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्ने र नेपाली फुटबलमा सफल देखिएका ओलावाले अफिजलाई अनुबन्ध गरिसकेको छ  ।

नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदै छ ।

एनएसएलको यो सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका मिडफिल्डर आशीष चौधरी रहेका छन् । आशीषले सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज युनाइटेडबाट खेल्दै टोलीलाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै, अक्सनबाट धनगढी एफसीले साइमन लिम्बू, निशान लिम्बू, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिशरत्न छुन्जु र रामचन्द्र वाजीलाई अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा धनगढी एफसीले युगोलकिशोर राईलाई निरन्तरता दिएको छ । धनगढी एफसीले आफ्नो पहिलो खेल नोभेम्बर २६ मा वीरगन्ज युनाइटेडसँग खेल्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement