site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कृष्ण कुसुमको ‘पार्श्वधुन’ सार्वजनिक

काठमाडौं । कथाकार कृष्ण कुसुमको पहिलो कथासंग्रह ‘पार्श्वधुन’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकारहरू नयनराज पाण्डे, कुमारी लामा, अभय श्रेष्ठ, कृष्ण कुसुम लगायतले कृति लोकार्पित गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो अवसरमा कृतिमाथि अन्तरक्रिया गरियो । वक्ताहरू पाण्डे, लामा र श्रेष्ठले कुसुमका कथाहरूमा नेपालीहरूको भोगाइ समेटिएको उल्लेख गरे । छलफलको सहजीकरण मोहराज शर्माले गरेका थिए ।

शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा सुभाषचन्द्र पोखरेल, कथाकार कुुसुम र प्रकाशन संस्थाका पुष्पराज पौडेलले बोलेका थिए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्