खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले तीन विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले सन्दीप जोरालाई दोस्रो र ओपनर कुशल भुर्तेललाई तेस्रो विकेटको रूपमा गुमाएको हो । जोराले १० रन जोड्दा भुर्तेलले ३१ रन थपे ।
जारी खेलको ७.१ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ४९ रन बाएको छ ।
यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ’ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ११:३९
प्रतिक्रिया दिनुहोस्