site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पबाट क्षतिप्रति चिनियाँ राष्ट्रपति स्तब्ध, सहयोग गर्न इच्छुक
जाजरकोटको भेरी नगरपालिका–३, थाप्लेमा भूकम्पको त्रासले शनिबार सडकमा सुत्दै सर्वसाधारण । तस्बिर : हेमन्त केसी/ रासस ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले कर्णाली प्रदेशमा गएको भूकम्पबाट ठूलो जनधनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् । शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै सीले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । 

सीले विपद्मा नेपाललाई आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको पनि बताएका छन् ।

शनिबारै चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि समवेदना व्यक्त गरेका छन् ।

शनिबार राजदूत सोङले चीनले सो भूकम्पपीडितका निम्ति १० करोड रुपैयाँबराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका थिए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro