देश
काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि लगातार धक्का गइरहेको छ ।
शनिबार बेलुका ६ बजेसम्म २११ धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार शुक्रबार रातियता धक्का गएको हो ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि थुप्रै परकम्प मापन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०८:४६
प्रतिक्रिया दिनुहोस्