site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानवअधिकार आयोगद्वारा भूकम्प प्रभावित जिल्लाहरूको अनुगमन सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम(पश्चिम)जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितहरूको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न आजै भूकम्प प्रभावित स्थलतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ । 

आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको समेत बताएको छ । 
 
हालसम्म जाजरकोटमा ९२ जनाको मृत्यु र ५५ जना घाइते,  रुकुम(पश्चिम)मा ३७ जनाको मृत्यु र ८५ जना घाइते भएको सूचना प्राप्त भएको आयोागले जनाएको छ ।

“भूकम्पमा घाइते भएकाहरूको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजकार्यमा जुट्न आयोग नेपाल सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्छ,” आयोगको विज्ञप्तिमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro