site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूकम्पले घर भत्काएका क्षेत्रमा बाहेक विद्युत् सेवा सुरु   

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुरु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । 

प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरूको मर्मत गरी बिहान १० बजेपछि विद्युत् सुरु गरेको हो । 

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरूको लाइन सुरु गरिएको बताए । यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले आपूर्ति बन्द गरिएको बताए । 

उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको जानकारी दिए । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्