site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युवा संघले माग्यो प्रधानमन्त्री, गृहमन्त्री र कानूनमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आबद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेको छ । 

 

Argakhachi Cement Island Ad

युवा संघका नेता, कार्यकर्ताले शुक्रबार काठमाडौंमा विरोध प्रर्दशन गर्दै रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश दिएकाले नैतिकताको आधारमा प्रधानमन्त्री, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

काठमाडौंको बिजुलीबजारबाट नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै संघका अध्यक्ष क्षितिज थेवेले जघन्य अपराधका घटनामा संलग्नलाई आममाफी दिने प्रधानमन्त्री, गृहमन्त्री र कानूनमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले सामाजिक सद्‌भाव कायम गर्न हिँडेका आफ्ना संगठनका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रदर्शनकारीले सरकारले तस्करी, अराजकता र अवसरवादलाई प्रश्रय दिने काम गरेको भन्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्