site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफूलाई थप्पड हान्नेलाई कारबाहीको माग गर्दै वरिष्ठ क्याप्टेन शाह प्रहरीमा पुगे
Sarbottam CementSarbottam Cement

मन्थली (रामेछाप) । रामेछाप विमानस्थलमा आफूमाथि हातपात भएको घटनालाई लिएर तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह प्रहरीकहाँ पुगेका छन् ।

क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए ।

“आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौँला भन्नुभएको थियो,” डीएसपी पराजुलीले भने ।

Global Ime bank

दुई पाइलटबीच के कारणले विवाद भएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताए । उनका अनुसार घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउन्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।

राससको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement