site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘भाइरल’ हुने र बजारमा बिक्ने कुरा मात्र बोल्ने क्रम बढ्यो : सांसद पुन

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सामाजिक सञ्जालमा ‘भाइरल’ हुने र बजारमा बिक्ने कुरा मात्र बोल्ने क्रम बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संस्था बलियो बनाउने सोच र प्रवृत्ति दल र सांसदहरूमा हराउँदै गएको टिप्पणी गरे ।

आफू वा आफ्नो समर्थनमा राष्ट्रपति वा सरकार हुँदा गरेको काम ठिक र आफू सत्ताबाहिर हुँदा फरक लाग्नु संस्थालाई कमजोर बनाउने काम भएको उनले बताए । सरकारमा हुँदा अपनाएको विदेश नीति बाहिर पुग्नेबित्तिकै गलत कसरी हुन्छ भन्दै उनले प्रश्न गरे ।

“संस्थागत संस्कार बनेनन् । कसले सरकार सञ्चालन गरेको छ र निर्णय भइरहेको छ भन्ने ध्यान बढी छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

बहुलता स्वीकार गर्न नसकिएको भन्दै उनले त्यसानुसारको आचार र व्यवहार नभएको बताए ।

अहिले सदनले केही प्रयत्न गरिरहेको भन्दै सांसद पुनले नयाँ धेरै आएकाले सिक्ने काम अघि बढिरहेको उल्लेख गरे । “मिटरब्याजसम्बन्धी सामन्तवादको उपनिवेश हटाउन हामी सबै एक ठाउँमा उभिएका छौँ,” उनले भने ।

२२ विधेयक अहिले सदनमा रहेका भन्दै उनले सरकारले ‘बिजनेस’ दिन नसकेको भन्न नमिल्ने उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण र संसद्‌मा गरेको सम्बोधन नेपालको उपलब्धि भएको उनले बताए ।

“यसले जलवायु परिवर्तनको विषयमा सदनमा उभिएर महासचिवले बोल्नु उपलब्धि हो । यो विशेष कुरा हो, यो दलविशेष वा सरकारविशेष होइन । सबैको उपलब्धि हो,” उनले भने ।

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनेतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए । “विधेयक समितिमा छ, किन त्यसमा सहमति भएन भन्ने सबैलाई थाहा छ । पीडितमैत्री बन्नुपर्छ भन्ने छ,” उनले भने ।

पार्टी एकता गर्न हुने, सँगै चुनाव लड्न र सरकार बनाउन हुने तर पीडितका विषयमा किन एकमत हुन सक्दैन भन्ने प्रश्न उठाइएको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro