site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा उत्पादित सुपारी विश्वबजारमा निर्यात गर्नसक्ने वातावरण बनाउन निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा उत्पादित सुपारी उत्पत्तिको प्रमाणपत्र जारी गर्न ल्याब टेष्ट लगायतको व्यवस्था गरी विश्वबजारमा निर्यात गर्नसक्ने वातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति अब्दुुल खानले नेपालमा उत्पादन भएका सुपारी उत्पत्तिको प्रमाणपत्र जारी गर्न ल्याब टेष्टको व्यवस्था गरी नेपाली उत्पादन विश्वबजारमा निर्यात गर्न सक्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिए । 

Argakhachi Cement Island Ad

उनले सुपारी खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको भन्दै सरकारी निकायहरूबाट सुपारी खेतीलाई अपेक्षित रूपमा प्रवर्द्धन गर्ने कार्य नपाइएकाले सरकारले आगामी १६औँ योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवर्द्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न पनि निर्देशन दिए । 

सुपारी खेतीलाई कृषिजन्य वस्तुको रूपमा सूचीकृत गर्ने र सरकारले कृषि उपजमा उपलब्ध गराउने अनुदान रकम वा सुविधा सहुलियतपूर्ण कर्जाको व्यवस्था सुपारी किसानले पनि पाउने व्यवस्था गर्न निर्देशन दिए ।

सुपारी प्रशोधनको लागि आवश्यक यान्त्रिक उपकरणको प्रयोग गरी गुणस्तरीय सुपारी तयार गर्न सहयोग पुग्ने भएकाले सुपारी किसान समूह र सुपारी सहकारी समूहलाई अनुदानको व्यवस्था सरकारले मिलाउनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्