site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक महिनामा इतिहासकै बढी पर्यटक भित्रिए,  बढी भारतबाट दोस्रोमा अमेरिका
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । 

एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो ।  यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए ।  विश्वभर फैलिएको कोरोना महामारीका कारण सन् २०२० को अक्टोबरमा एक हजार ८३१ पर्यटक नेपाल आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

२०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को अक्टोबरमा ५२ हजार १२१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक हेर्दा पर्यटक आगमनमा उत्साहजनक देखिएको छ ।

सबैभन्दा धेरै पर्यटक आउने १० देश

Global Ime bank

अक्टोबरमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

भारतपछि सबैभन्दा धेरै अमेरिकाबाट १४ हजार ८७९ पर्यटक नेपाल आएका छन् । यस्तै, तेस्रो मुलुक बेलायत रहेको छ । बेलायतबाट आठ हजार २१७ पर्यटक नेपाल आएका छन् ।

चौथो स्थानमा रहेको चीनबाट ६ हजार ८८० पर्यटक नेपाल आएका छन् ।

अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार ९१६, फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशबाट चार हजार २९२, श्रीलंकाबाट दुई हजार ५०७ र इटलीबाट दुई हजार ४६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement