site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा राष्ट्रसंघका महासचिवले भने– विश्व बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व बहुध्रुवीयतातर्फ अघि बढेको जनाएका छन् । मंगलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले बहुध्रुवीयताले सन्तुलनका लागि नयाँ अवसर प्रदान गर्ने समेत बताए ।

“विश्व बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो,” उनले भने, “बहुध्रुवीय संसारले विश्वव्यापी मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ ।”

तर, यो नयाँ गतिशीलतामार्फत शान्ति कायम राख्न बलियो बहुपक्षीय संस्थाहरू चाहिने उनले जनाए ।

नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रणालीको एक मित्र रहेको जनाउँदै उनले उक्त प्रणालीलाई अब ‘रिफर्म’ गर्नुपर्ने बताए । 

बिसौँ शताब्दीको सुरुमा युरोप बहुध्रुवीय भए पनि बलियो बहुपक्षीय संस्थाहरू नहुँदा युद्धमा होमिएको उनले स्मरण गरे । “हामीलाई आजको वास्तविकतालाई प्रतिविम्बित गर्ने बलियो अन्तर्राष्ट्रिय संस्थाहरू चाहिन्छ,” उनले भने । 

विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्ने उनले बताए । यसैकारण हालसको राष्ट्रसंघको सुरक्षा परिषद्लाई सुधार गर्न आफूले आह्वान गरेको उनले जनाए ।

“मैले विश्वव्यापी वित्तीय संरचना सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु । यसले विकासशील देशहरूको अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ र उनीहरूको आवश्यकता सम्बोधन गर्न सहयोग गर्दछ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro