site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् नेपालको संसद्‌मा राष्ट्रसंघका महासचिवले देखाएका विश्वका समस्या

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपालको संसद्‌को रोष्ट्रममा पहिलो पटक उभिएर संम्बोधन गरेका छन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले संसद्का दुवै सदनको संयुक्त बैठकलाई संम्बोधन गरेका छन् । नेृपालको शान्ति प्रक्रियासहितका विषयमा संम्बोधन गरेका महासचिव गुटेरेसले विश्वका समस्याहरूको विषयमा पनि बताएका छन् । आज संसारमा अशान्ति रहेको भन्दै थुप्रै समस्या रहेको उनले औल्याएका छन् ।

“हामी आज संसारको अशान्तिको बीचमा एकअर्कालाई भेट्देछौँ । गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिदैछन् । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदैछ,” महासचिव गटेरेसले संम्बोधनमा भनेका छन्, “परिवारहरू होस वा राष्ट्रहरू, आर्थिक संकटको सामना गर्दैछन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले विश्वभर महिलाहरू समस्यासँग जुधिरहेको पनि उल्लेख गरेका छन् ।

“महिलाहरूको प्रतिनिधित्व जनसंख्याको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम छ,” महासचिव गुटेरेसले भने ।

उनले हिंसा र द्वन्द्व विश्वको अर्को समस्या रहेको बताए ।

“हिंसा र द्वन्द्व चुलिएका छन् । मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली थिए,” महासचिव गुटेरेसले भने, “मृत्यु भएका १० नेपाली विद्यार्र्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता विपीन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।”

उनले भूराजनीतिक विवादले विश्वव्यापी विवाद खतरनाक बन्दै गएको पनि बताए ।

“भू–राजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेका छन,” महासचिव गुटेरेसले भने ।

उनले जलवायु परिवर्तनले प्रकोपको रूप धारण गरेको भन्दै त्यसको घातक प्रभावबाट जोगिनु अहिलेका लागि चुनौती बनिरहेको उल्लेख गरे ।

“यी संकटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ,” नेपालको द्वन्द्व व्यवस्थापनसँग तुलना गर्दै महासचिव गुटेरेसले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्