site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
२० वर्षयता नेपालको यात्रा हेर्नलायक छ : गुटेरेस 

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको बताएका छन् ।

मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “नेपालको पछिल्लो २० वर्षको यात्रा हेर्नलायक छ,” उनले भने ।

नेपालले गणतन्त्र र नयाँ संविधान जारी गरेर उल्लेख्य प्रगति गरेको उनले बताए ।

दिगो विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको उनले उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्