site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुस्तायो द्रुत बस सेवा, दुई करोड खर्च
द्रुत बस सेवा उद्घाटन दिनको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा रत्नपार्कदेखि सूर्यविनायकसम्म चलाइएको ‘द्रुत बस सेवा’ एक महिना नपुग्दै सुस्ताएको छ । गएको असोज ३ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले बडादसैँका समयमा काठमाडौंमा यात्री कम हुँदा त्यसका केही बस अरू रुटमा चलाइएको बताए ।

“दसैँको बेला उपत्यकामा यात्रु हुँदैनन्, अन्य रुटमा चल्नका लागि जुन गाडी बाहिर गएका थिए, ती फेरि सञ्चालनमा आउँदै छन्,” विभागका सूचना अधिकारी समेत रहेका पनेरुले बाह्रखरीसित भने ।

द्रुत बस सेवा नरोकिएको उनले स्पष्ट पारे । “द्रुत बस सेवा रोकिएकै छैन, चलिरहेकै छ । यात्रु नहुँदा गाडी चलनेन् । केही बाहिर गएका होलान्, ती फेरि चल्दै छन् । अब थप व्यवस्थित बनाएर लैजाने तयारी भइरहेको छ,” उनले भने ।

गएको आइतबार मन्त्री ज्वालाले सडक विभाग, यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक कार्यालयलगायत सरोकारवाला निकायका अधिकारीलाई बोलाएर द्रुत बस सेवालाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न निर्देशन दिएका छन् ।

४० मिनटेमा यात्रा यात्रा पूरा गर्न सक्ने गरी सुरुमा परीक्षणका रूपमा रत्नपार्कदेखि सूर्यविनायक रुटमा द्रुत बस सेवा सुरु गरिएको थियो । उद्घाटनअघि दुई–चार दिनभित्र सडकमा लाइन र रङ पोतेर द्रुत बस सेवाका निम्ति लेन छुट्ट्याइएको थियो ।

बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म चलाइने भनिएका २५ द्रुत सेवाका बसका निम्ति लेन खाली गर्न खोज्दा जाम चर्किएपछि आलोचना हुन थालेको थियो ।

द्रुत बस सेवा सञ्चालनका निम्ति काठमाडौं सडक डिभिजनअन्तर्गत सूर्यविनायक–धुलिखेल आयोजनामार्फत काम गरिएको थियो । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले द्रुत बस सेवा सञ्चालनमा करिब दुई करोड रुपैयाँ खर्च भएको बताए ।

भुक्तानी हुन बाँकी र अर्काे कार्यालयले पनि हेरिरहेका कारण कति खर्च भयो भन्ने यकिन नभएको उनको भनाइ छ ।

अरू देशमा पनि यस किसिमको सुविधा रहेको र अहिले परीक्षण एवं सिकाइको चरण भएको भन्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा द्रुत बस सेवा सञ्चालनमा संलग्न अधिकारी जोड दिन्छन् ।

“विदेशमा ट्रेन हुन्छन्, सडक पूर्वाधार ठूलो हुन्छ । आकाशे पुल हुन्छन्, सुरुङमार्गहरू हुन्छन् । हाम्रो देशमा भएकै सडक पूर्वाधारलाई प्रयोग गरेर सार्वजनिक यातायातलाई सहज बनाउने हो, अहिले यो सुरुआत भएको छ,” सडक डिभिजन काठमाडौंका प्रमुख भण्डारीले भने ।

द्रुत बस सेवा सञ्चालनका निम्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २५ गाडी उपलब्ध गराएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिँदै सबैजसो रुटमा द्रुत बस सेवा सञ्चालन गरिनुपर्ने बताएका थिए ।

तत्कालका निम्ति जाम र अव्यवस्थित हुने समस्या देखिए पनि दीर्घकालीन रूपमा यसले आममानिसलाई सहज यातायात सेवा उपलब्ध गराउने उनको भनाइ छ ।

तर, काठमाडौं उपत्यकाको अहिलेको सडक पूर्वाधार र ट्राफिक व्यवस्थापनलाई हेर्दा द्रुत बस सेवा सञ्चालन सफल हुनेमा आशंका छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro